Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

अर्थ संसार

विहीबार, २४ माघ २०८१, १२ : ०४ मा प्रकाशित

महुली लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

महुली लघुवित्त वित्तीय संस्थाले १२औं वार्षिक साधारण सभा फागुन २३ गते गर्ने भएको छ । संस्थाको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । सभा सभा विहान ११ बजे संस्थाको केन्द्रीय कार्यालय सप्तरीमामा बस्नेछ ।

कम्पनीले साधारण सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। सभाले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने,  चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्नेछ ।

त्यसैगरी एफपीओ निष्कासनबाट प्राप्त रकमलाई चुक्ता पूँजीमा वृद्धि गर्ने, कम्पनीको संस्थापक सेयरलाई सर्वसाधारण सेयर समूहमा परिवर्तन गर्ने र मर्जरका लागि उपयुक्त वित्तीय संस्था पहिचान गरी सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते एक दिन बुक क्लोज गर्ने भएकाले ८ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन पाउनेछन् । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको