महुली लघुवित्तको एफपीओ आज शुक्रबार बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले बिहान १०.३० बजे एफपीओ बाँडफाँट गरेको हो । जसमा ४७ हजार ५५४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यस्तै, ९ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०.१५ कित्ता प्राप्त गरेका छन्।
यो सेयर खरिदका लागि आवेदन दिएका मध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ।
लगानीकर्ताले यी तीन तरिकाबाट एफपीओको नतिजा हेर्न सक्नेछन् ।
बिक्री प्रबन्धकको बेवसाइट: https://lscapital.com.np/ipo
सिडिएसले आइपीओ नतिजा हेर्ने तयार पारेको बेवसाइट: https://iporesult.cdsc.com.np/
सिडिएसको बेवसाइट: https://meroshare.cdsc.com.np/#/login
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस