Like us!
Follow us!
Connect us!
Watch us!

महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

सोमबार, २९ पुस २०८१, ११ : २८ मा प्रकाशित

महुली लघुवित्तको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

लघुवित्तले दुईजना संस्थापक सेयरधनी विजली प्रसाद चौधरीको ८ हजार कित्ता र मुन्नी राजभण्डारीको स्वामित्वमा ८ हजार २  सय कित्ता गरेर १६ हजार २ सय कित्ता सेयर बिक्रीमा राखेको हो । 

उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउछन्।

सेयर किन्न इच्छुक संस्थापकले आफूले किन्न चाहेको सेयर संख्याको विवरण खुलाई ३५ दिनभित्र महुली सप्तरीस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट खरिदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको