Like us!
Follow us!
Connect us!
Watch us!

सुनको दैनिक आयात कोटा बढाउन तयार छौं : उद्योगमन्त्री भण्डारी

अर्थ संसार

आइतबार, २० असोज २०८१, १२ : ३६ मा प्रकाशित

सुनको दैनिक आयात कोटा बढाउन तयार छौं : उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक आायत गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन् ।

नेपाल रत्न तथा आभूषण संघ, १९ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उनले सुनको कोटा बढाउन तयार रहेको बताएका हुन ।

अहिले नेपाल राष्ट्र बैंकले दैनिक आयात हुने सुनको कोटा २० केजी पुयाएको छ । वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । तर आवश्यकता परेको भए प्रतिदिन ४० केजीसम्म भएपनि सुनको कोटा बढाउन सकिने उद्योगमन्त्री भण्डारीले बताए । 

उनले गरगहना क्षेत्रको रोजगारी र व्यवसाय जोगाउन सरकार प्रतिबद्ध रहेको बताए। कुनै व्यक्तिले विदेशबाट नेपाल आयात गर्दा तयारी वस्तुलाई मात्रै आयात गर्न दिइएको र कच्चा पदार्थको रुपमा ल्याउँदा सरकारले प्रतिवन्ध लगाएको भन्दै यस बारेमा पनि छलफल गर्न सरकार तयार रहेको बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको