Like us!
Follow us!
Connect us!
Watch us!

सिडिबि हाइड्रोपावरको रेटिङ्गमा व्यापक सुधार

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, ०७ : ३३ मा प्रकाशित

सिडिबि हाइड्रोपावरको रेटिङ्गमा व्यापक सुधार

सिडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको  रेटिङ्गमा सुधार भएको छ।  केयर रेटिङग नेपालको आश्विन ११ को पत्र अनुसार यस कम्पनीको Issuer rating upgrade भएर CARE-NP BBB- (IS) (Investment Grade) प्राप्त भएको छ। 

कम्पनीको रेटिङ्ग सुधारमा कम्पनीको अनुभवी व्यवस्थापन,समूहको सुधारिएको वित्तीय कार्यसम्पादन र कम हुँदै गएको दायित्त्वलाई आधार मानिएको छ। 

 

कम्पनीले सोमबार गएका दुई आर्थिक वर्षको वार्षिक साधारण सभामा  सम्पन्न गर्यो। सभाले अघिल्ला दुई आर्थिक वर्षका लागि चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर (करसहित) वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गरेको छ । त्यस्तै,  बोनस सेयर जारी पश्चात् कायम हुने चुक्ता पूँजीको ५४.५ प्रतिशत (१ः०.५४५ अनुपात) हकप्रद सेयर जारी गर्ने र त्यसका लागि आवश्यक कार्य गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको