Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तले पायो १५ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, १० : ४८ मा प्रकाशित

आशा लघुवित्तले पायो १५ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति

आशा लघुवित्त वित्तीय संस्था लिमिटेले आफ्ना सेयर धनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्न अनुमति पाएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

यससँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् लाभांश सेयरधनीहरूमा वितरण हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको