Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तको आशलाग्दो सुधार - बढ्यो खुद नाफा, यस्ता छन् अन्य प्रमुख सूचकहरु

अर्थ संसार

विहीबार, २४ माघ २०८१, १२ : २७ मा प्रकाशित

आशा लघुवित्तको आशलाग्दो सुधार - बढ्यो खुद नाफा, यस्ता छन् अन्य प्रमुख सूचकहरु

आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण निकै आशा लाग्दो देखिएको छ ।

यो अवधिमा आशाले लघुवित्तले २ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा कम्पनी ३ करोड २८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । आशाको नाफा बढ्न खुद ब्याज आम्दानी र सञ्चालन सञ्चालन मुनाफाले सहयोग गरेको छ । यो

यो अवधिमा आशाको खुद ब्याज आम्दानी ३४ करोड १ लाख रुपैयाँ पुगेको छ ।  यो गत वर्षको भन्दा १३७.१७ प्रतिशतले बढी हो । गत वर्षको यसैअवधिमा आशाले १४ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  यस्तै, गत वर्ष ३ करोड २८ लाख रुपैयाँ सञ्चालन घाटामा रहेको कम्पनी अहिले ३ करोड ३६ लाख रुपैयाँ नाफामा रहेको छ ।

आशा लघुवित्तको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँको रहेको छ । यसको जगेडा कोषमा ३४ करोड १३ लाख रुपैयाँ जम्मा छ । 

यो अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४५ पैसा (वार्षिक) कायम भएको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४७ पैसा ऋणात्मक रहेको थियो ।

लघुवित्तको प्रतिसेयर नेटवर्थ भने १४७.९५ रुपैयाँ रहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको