Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारणसभा

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, ११ : ०९ मा प्रकाशित

आशा लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारणसभा

आशा लघुवित्त वित्तीय संस्थाले बोनस सेयर प्रस्तावसहित वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर ७ गते वार्षिक साधारणसभा बोलाएको  हो । 

सभा उग्रचण्डी, बनेपा ७, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे सुरु हुनेछ । सभामा संस्थाले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । 

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । 

सभा प्रयोजनका लागि संस्थाले कात्तिक २५ गते बुक क्लोज गर्ने भएका छ । कात्तिक २१ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको