आशा लघुवित्त वित्तीय संस्थाको २० लाख बढी कित्ता सेयरको आउँदो फागुन ११ गतेदेखि लकइन अवधि सकिने भएको छ।
हाल संस्थाका संस्थापक सेयरधनीको १९ लाख ९९ हजार ३७५ कित्ता र कर्मचारीको १४ हजार ८५२.५० कित्ता गरी २० लाख १४ हजार २२७.५० कित्ता सेयर लकइनमा राखिएको छ।
साबिकको राष्ट्र उत्थान (हाल आशा) लघुवित्तले २०७८ फागुन ४ देखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ बिक्री गरेको थियो। आइपीओ १२ गते बाँडफाँड गरेको थियो।
यसरी सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरिएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको सेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ। सोहीबमोजिम आशा लघुवित्तले पनि उक्त सेयर लकइनमा राखेको छ।
लकइन अवधि सकिएपछि कर्मचारी र संस्थापकले होल्ड गरेको सेयर कारोबार गर्न सक्नेछन्। यद्यपि कम्पनीको सञ्चालक सदस्य र उच्च तहमा रहेका कर्मचारीले भने कारोबार गर्न नपाइने बताएको छ।
आशा लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस