Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार पनि घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

बुधबार, २३ असोज २०८१, ११ : ११ मा प्रकाशित

बुधबार पनि घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार (आज) पनि सुनको मूल्य घटेको छ। आइतबारबाट घटेको सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५९ हजार  १ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६० हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४० रूपैयाँले घटेको हो।

मंगलबार प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको