Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि सेयरबजार खुल्ने, गत वर्ष दशैँपछि बजार के भएको थियो ?

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, ०७ : ४६ मा प्रकाशित

आजदेखि सेयरबजार खुल्ने, गत वर्ष दशैँपछि बजार के भएको थियो ?

नेपालीको महान चाड दशैँको कारण रहेको सर्वाजनिक बिदा सकिएर आजबाट सम्पूर्ण सरकारी कार्यलय, बैंक तथा वित्तीय संस्था तथा सेयर बजार आज देखि खुल्दै छन्। 

गत बिहिबार अर्थात फूलपाती देखि बन्द भएका सरकारी कार्यालयहरु पाँच दिनको बिदा पछि आज खुल्न लागेको हो। अधपि दशैं चाड भने कोजागत पूर्णिमा सम्म मानिने चलन छ। । 

 आजबाट कार्यालय खुल्ने भएपछि राजधानी काठमाडौँको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् । 

यस वर्षको दशैंमा झण्डै १३ लाख सर्वसाधारणले उपत्यका छोडेका थिए ।

दोस्रो बजार अर्थात नेप्से पनि आज देखि खुल्ने छ।  गत बुधबार नेप्से २६६८.१७ अंकमा बन्द भएको थियो। त्यस दिन नेप्से ४. ८५ अंकले बढेर बन्द भएको थियो।

गत वर्ष दशैँपछि बजार के भएको थियो ?

गत वर्ष दशैँ कार्तिक महिनामा रहेको थियो। कार्तिक २ गते  बुधबारको दिन कारोबार  बन्द भएको नेप्से एकै पटक कार्तिक कार्तिक १२ गते खुलेको थियो। दशैं अगाडी नेप्से १९०३.८४ मा बन्द भएको थियो। दशैँपछि तिहार बिदा सुरु हुने समयमा नेप्से परिसूचक सामान्य करेक्सन भएको देखिन्छ। तिहार बिदा अगाडी नेप्से परिसूचक १८५२ .०८ विन्दुमा पुगेको थियो। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको