Like us!
Follow us!
Connect us!
Watch us!

हालसम्म ५ बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, ०९ : ५८ मा प्रकाशित

हालसम्म ५ बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

दोस्रो बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष को नाफाबाट लाभांश घोषणा गरिरहेका छन् ।

हालसम्म बैंकहरुमध्ये  भने  चारवटा वाणिज्य बैंक र एकवटा विकास बैंक  गरेर ५ बैंकले लाभांश घोषणा गरेका छन् भने अन्यले पनि लाभांश घोषणा गर्ने तयारी गरेका छन् ।

ग्लोबल आइएमई बैंक 

ग्लोबल आइएमई बैंकले पनि लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले ५.५ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १८ औं वार्षिक साधारणसभाले पारित गरेपछी सेयरधनीलाई वितरण गरिने छ । 

सानिमा बैंक

सानिमा बैंकले पनि आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गरेको छ । बैंकले हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

एभरेष्ट बैंक

यस्तै,एभरेष्ट बैंकले लाभांश घोषणा गरेर पारित समेत गरिसकेको छ ।

बैंकको असोज २० गते सम्पन्न ३० औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो । बैंकको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश दिएको हो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले ४.२१ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन् । बैंकले कात्तिक १२ गते साधारणसभा बोलाएको छ ।

कामना सेवा विकास बैंक

यसैगरी विकास बैंकहरुमध्ये कामना सेवा विकास बैंकले लाभांश घोषणा गरिसकेको छ ।

बैंकको सञ्चालक समितिको भदौ २८ गते बसेको बैठकले गत वर्षको नाफबाट सेयरधनीहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश बैंकको वार्षिक साधारणसभाले पारित गरेपछी सेयरधनीलाई वितरण गरिनेछ । बैकको साधारणसभा असोज ३० गते अर्थात् भोलि बिहान १०ः३० बजे काठमाडौंमा बोलाइएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको