चीनले बुधवार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको छ ।
गाओफेन–१२ ०५ स्याटेलाइट बिहान ७ः४५ मा (बेइजिङ समय) लङ मार्च–४सी क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो । योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेको बताइएको छ ।
यो भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ । प्रक्षेपण लङ मार्च क्यारियर रकेट श्रृंखलाको ५४० औं उडान मिसन हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस