Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरूमा थुप्रियो पैसा, तरलता व्यवस्थापन गर्न आज एकैपटक १०० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १० : ३३ मा प्रकाशित

बैंकहरूमा थुप्रियो पैसा, तरलता व्यवस्थापन गर्न आज एकैपटक १०० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तान्दै आइरहेको छ।

केन्द्रीय बैंकले आज कात्तिक १ गते फेरि बैंकिङ प्रणालीबाट १०० अर्ब रुपैयाँ तान्ने भएको हो।

अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको बैंकले जनाएको छ। यसका लागि आज अपराह्न ३ बजे बोलकबोल हुनेछ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो १३ दिने निक्षेप संकलन उपकरणको असोज १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने केन्द्रीय बैंकले जनाएको छ। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको