Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपहिरोको क्षतिः बीमकबाट सवा १७ करोड दाबी भुक्तानी , सबैभन्दा बढी भुक्तानी गर्ने शिखर इन्स्योरेन्स

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, ११ : ५१ मा प्रकाशित

बाढीपहिरोको क्षतिः बीमकबाट सवा १७ करोड दाबी भुक्तानी , सबैभन्दा बढी भुक्तानी गर्ने शिखर इन्स्योरेन्स

गएको असोज दोस्रो साता अविरल वर्षाको कारणले भएको क्षतिबाट देशभर निकै जनधनको क्षति भएको थियो। जसमा बीमा गरिएका सम्पत्तिको दाबी भुक्तानी निर्जीवन बीमा कम्पनीहरूले सुरु गरेका छन्। 

अविरल वर्षाका कारण आएको बाढी पहिरोको क्षतिपछि असोज २९ गतेसम्म बीमा कम्पनीहरुले ९७ वटा दाबी परेकोमा १७ करोड २८ लाख २८ हजार रुपैयाँ भुक्तानी गरेका छन्।  

कुन कम्पनीको कति 
प्राधिकरणको तथ्यांकअनुसार हालसम्म भएको दाबी भुक्तानीमा शिखर इन्स्योरेन्सको मात्रै हिस्सा ९९.७९ प्रतिशत रहेको छ ।शिखर इन्स्योरेन्स एक्लैले ८९ वटा दाबीको १७ करोड २४ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेको छ ।


नेको इन्स्योरेन्सले ४ वटा दाबीको नेकोले ६६ हजार १३८ रुपैयाँ भुत्तानी गर्दा हिमालयन एभरेष्टले १ वटा दाबीको हिमालयन एभरेष्टले २३ हजार ९४० रुपैयाँ भुत्तानी गरेको छ । 

यस्तै,आईजीआई प्रुडेन्सियल १ वटा दाबीको ३८ हजार ८७८ रुपैयाँ भुत्तानी गरेको छ । सानिमा जीआईसी र प्रभु इन्स्यारेन्सले पनि १–१ वटा दाबीको क्रमशः २ लाख १६ हजार ५९४ रुपैयाँ र ११ हजार ६९१ रुपैयाँ दाबी भुक्तानी गरेका छन्।् ।

प्राधिकरणका अनुसार असोज २९ गतेसम्म १४ वटा निर्जीवन बीमक र ४ वटा निर्जीवन लघु बीमकमा कुल ३ हजार २४४ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले कुल ८ अर्ब ९८ करोड ३० लाख २६ हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको