Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल स्टक एक्सचेन्जमा २० लाख बढी कित्ता सेयर सूचिकृत

अर्थ संसार

शुक्रबार, ०२ कार्तिक २०८१, १४ : १७ मा प्रकाशित

नेपाल स्टक एक्सचेन्जमा २० लाख बढी कित्ता सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २० लाख बढी कित्ता सेयर सूचीकृत भएको छ।

आज नेप्सेमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको कुल २० लाख ४ हजार ६६६.५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

कम्पनीले आर्थिक वर्ष २०७९।८० मा आफ्ना सेयरधनीहरुलाई कुल १४ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा ४ प्रतिशत बोनस सेयर र बाँकी १० प्रतिशत नगद लाभांश (करसहित) रहेको थियो।  सोही ४ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको आज सूचीकृत भएको उक्त बोनश सेयर अब आइतबार देखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

67121e28c309f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको