Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, १० : ३० मा प्रकाशित

मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।

बैंकले यसअघि नै विद्यमान संस्थापकहरूले मात्रै किन्न पाउने गरी ३५ दिने सूचना जारी गरिसकिएकाले उक्त सेयर हाल संस्थापक सेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरीद गर्न पाउनेछन् । 

सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान–१२, सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको