Like us!
Follow us!
Connect us!
Watch us!

३ विकास बैंक र ४ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा, कुन-कुन परे ?

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, ११ : ३३ मा प्रकाशित

३ विकास बैंक र ४ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा, कुन-कुन परे ?

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मासिकमा ३ वटा विकास बैंक र ४ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

 बैंकको कारबाहीमा पर्ने विकास बैंकमा सिन्धु, साल्पा र मितेरी छन् भने फाइनान्स कम्पनीहरु रिलायन्स,जानकी, गोर्खाज् र प्रोग्रेसिभ रहेका छन् । केन्द्रीय बैंकले संस्थाका सञ्चालक र सीईओलाई सचेत गराएको छ ।

राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्नेमध्ये ३ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनीका संचालक र सीइओलाई सचेत गराएको छ  । अनिवार्य नगद मौज्दात कायम नगरेका कारण रिलायन्स फाइनान्सलाई ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे छ ।

बैंकका अनुसार सिन्धु विकास बैंक र सालप विकास बैंकले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले यी बैंकका संचालक र सीइओलाई सचेत गराइएको हो। मितेरी डेभलपमेन्ट बैंकले राष्ट्र बैंकको निर्देशन विपरीत तोकिएको अधिकतम ब्याजदर अन्तर ४.६० प्रतिशत भन्दा बढी कायम गरेकाले सो बैंकको संचालक समिति र सीइओलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।  यस्तै प्रोग्रेसिभ र जानकी फाइनान्सले वित्तीय विवरण बुझाउन ढिलाइ गरेकाले कारवाहीमा परेका हुन् । रिलायन्स फाइनान्सलाई अनिवार्य नगद मौज्दात कायम नगरेका कारण ११ हजार २२७ रुपैयाँ जरिवाना तिराएकोे छ ।

गोर्खाज फाइनान्सले स्वार्थ बाझिने गरी ग्राहकसँग कारोबार गरेको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको