Like us!
Follow us!
Connect us!
Watch us!

२९ प्रतिशत बढ्यो विकास बैंकहरुको नाफा, कुनको कति ?

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, १४ : ३८ मा प्रकाशित

२९ प्रतिशत बढ्यो विकास बैंकहरुको नाफा, कुनको कति ?

राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्।

विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.०७ प्रतिशत बढेको छ। ८  विकास बैंकहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कुल १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैंकहरुले १ अर्ब १० करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

समीक्षा अवधिमा ज्योति विकास बैंकको नाफा सर्वाधिक १९७.६१ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड ११ लाख रुपैयाँ यस्तो नाफा कमाएको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सबैभन्दा बढी नाफा कमाउने राष्ट्रियस्तरको विकास बैंक हो–मुक्तिनाथ विकास बैंक। सो बैंकले असोज मसान्तसम्ममा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.१७ प्रतिशत बढी हो।

रकमका आधारमा सबैभन्दा कम नाफा कमाउने बैंक भने सांग्रिला डेभलपमेन्ट बैंक रहेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड १ लाख रुपैयाँ नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिम्ममा ४ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

राष्ट्रियस्तरका विकास बैंकहरुमा नाफा घटेको एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक। समीक्षा अवधिमा सो बैंकको खुद नाफा १.१४ प्रतिशत घटेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको