Like us!
Follow us!
Connect us!
Watch us!

२० अंकले घट्यो नेप्से,कारोबार रकम ६ अर्ब २७ करोड माथि

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, १५ : १६ मा प्रकाशित

२० अंकले घट्यो नेप्से,कारोबार रकम ६ अर्ब २७ करोड माथि

कारोबार साताको चौथो दिन अर्थात बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९ को बिन्दुमा बन्द भएको हो ।

आज  ३२४ कम्पनीको १ करोड ५७ लाख ४२ हजार ५१४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २७ करोड माथिको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको