Like us!
Follow us!
Connect us!
Watch us!

डेडिकेटेड ट्रंकलाइन विवाद: सञ्चालक समिति अनिर्णित

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, १४ : १९ मा प्रकाशित

डेडिकेटेड ट्रंकलाइन विवाद: सञ्चालक समिति अनिर्णित

नेपाल विद्युत् प्राधिकरणको बिहीबार बसेको सञ्चालक समितिको बैठक डेडिकेटेड र ट्रक लाइन महसुलबारे अनिर्णित बनेको छ। 

पनि विविध शीर्षक डेडिकेटेड र ट्रंकलाइनको महसुल विवाद राखिएको थियो । महसुल विवादकै विषयमा कुरा नमिलेपछी बैठक अनिर्णित बनेको हो ।

ऊर्जामन्त्री दीपक खड्का महसुल विवादमा रहेका कारण उद्योगीको लाइन काट्न नहुने पक्षमा थिए । तर प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने महसुल उठाउनको लागि महसुल नतिर्ने उद्योगको लाइन काट्नुपर्ने पक्षमा छन् । 

नेपाल विद्युत् प्राधिकरणले भने ९० दिनको समय तोक्दै उद्योगीहरूलाई महसुल बुझाउन आग्रह गरेको थियो । उक्त ९० दिन आज सकिँदैछ । तर आजको बैठकले निर्णय लिन नसकेका कारण व्यवसायीहरू प्रबन्ध निर्देशक घिसिङसँग थप छलफल गर्ने तयारीमा जुटेका छन् । 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको