Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, १५ : २४ मा प्रकाशित

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

कास्की जिल्ला अदालतले आज लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

यसअघि अदालतले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा उनी गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । सोही राति उनलाई पोखरा लगिएको थियो । 



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको