Like us!
Follow us!
Connect us!
Watch us!

सात लघुवित्तद्वारा लाभांश घोषणा, कुनले कति दिदैछन् ?

अर्थ संसार

आइतबार, ११ कार्तिक २०८१, ११ : २१ मा प्रकाशित

सात लघुवित्तद्वारा लाभांश घोषणा, कुनले कति दिदैछन् ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका  सात वटा लघुवित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका हुन् ।

लाभांश घोषणा गर्नेमा नेसनल लघुवित्त, सपोर्ट लघुवित्त,आरएसडीसी लघुवित्त,गुराँस लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था,आशा लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्त वित्तीय संस्था रहेका छन् ।

नेसनल लघुवित्त

नेसनल लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ नगद लाभांश रहेको छ ।

सपोर्ट लघुवित्त

सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई मा १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७२५ प्रतिशत नगद गरेर कुल १४.५ प्रतिशत लाभांश वितरण गर्ने छ ।  

आरएसडीसी लघुवित्त

आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश रहेको छ ।

गुराँस लघुवित्त

गुराँस लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट कुल १५ प्रतिशत लाभाश दिने भएको छ । जसमध्ये १५.२५ प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने भएको छ । 

स्वाबलम्वन लघुवित्त

स्वाबलम्वन लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाइ गत वर्षको नाफाबाट जसमा १४.२५ प्रतिशत बोनश सेयर र ०.७५ प्रतिशत कर प्रयोजन गरेर कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

आशा लघुवित्त

आशा लघुवित्त वित्तीय संस्थाले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये १४.२५ प्रतिशत बोनश सेयर वितरण गर्नेछ भने ०.७५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने भएको छ । 

फरवार्ड माइक्रोफाइनान्स

फरवार्ड माइक्रोफाइनान्सले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमध्ये १३.३ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको छ भने ०.७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।




 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको