Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन पाँच कम्पनीले घोषणा गरे लाभांश,कसको कति ?

अर्थ संसार

बुधबार, १४ कार्तिक २०८१, ११ : ३९ मा प्रकाशित

एकैदिन पाँच कम्पनीले घोषणा गरे लाभांश,कसको कति  ?

लाभांशको सिजन सुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिरहेका छन् ।

आज तिहार अघिको सेयर कारोबार हुने अन्तिम दिन रहेको छ । आज  एकैदिन विभिन्न ५ कम्पनीहरुले क्षमता अनुसार लाभांश घोषणा गरेका छन् ।

आज एकैदिन सोल्टी होटल, नबिल बैंक, फर्स्ट माइक्रोफाइनान्स र विन्ध्यावासीनी हाइड्रोपावरले लभांश घोषणा गरेका छन् भने  नेपाल इन्फ्रास्टक्चर बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

कसको कति  ?

सोल्टी होटल

सोल्टी होटलले लाभांश घोषणा गरेको छ । होटलले ३६.८४ प्रतिशत लाभांश घोषणा गरेको हो । होटलको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।

होटलले १० प्रतिशत बोनस सेयर र कर सहित २६.८४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१ ८२ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले मंसिर १३ गते बुक क्लोज गर्ने भएको छ । यसअनुसार मंसिर १२ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।

नबिल बैंक

नबिल बैंक लिमिटेडले २०८०–८१ नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैठकले गत वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार बैंकले  १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।आर्थिक वर्ष २०७९/८० मा भने यस बैंकले ११% नगद लाभांश वितरण गरेको थियो ।

फर्स्ट माइक्रोफाइनान्स

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ 

लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई  लाभांश वितरण गर्ने निर्णय गरेको हो। 

लघुवित्तले  ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

विन्ध्यावासीनी हाइड्रोपावर

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ८ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनी कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले सो प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले मंसिर ६ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको कार्यालय नयाँबानेश्वरमा बिहान ११ बजे सुरु हुनेछ । 

सभा प्रयोजनार्थ कम्पनीले कार्तिक २८ गते बुक क्लोज गर्ने भएको छ । यसअनुसार कार्तिक २७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।

सभामा आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, आव २०८०/०८१ को लखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणमाथि छलफल गरी अनुमोदन गर्ने, चालु आर्थिक वर्षका लागि लखापरीक्षक नियुक्ती र नीजको पारिश्रमिक तोक्ने प्रस्ताव राखेको छ ।

नेपाल इन्फ्रान्सट्रक्चर बैंक

नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

गत आर्थिक वर्षको खुद मुनाफाबाट छुट्याउनुपर्ने रकम पश्चातको वितरणयोग्य मुनाफाबाट लाभांश नबाँडी बैंकको वित्तीय अवस्था सुधारमा लगानी गर्न सञ्चित गर्ने निर्णय गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको