Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २१ कार्तिक २०८१, ०८ : ४१ मा प्रकाशित

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २१ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २५ गते बुक क्लोज तोकेको छ। 

कात्तिक २२ गते बिहीबार, छठको बिदा परेको र अरु दिन कारोबार नहुने भएपछि बुकक्लोज अघिको आज अन्तिम कारोबार हुन पुगेको छ। जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउनका साथै लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । 

बैंकले मंसिर ४ गते आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुने गरी वार्षिक साधारणसभा डाकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको