त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ तथा म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन्। उनीहरू मंगलबार साँझ पक्राउ परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
एयर अरेबियाको उडान नं. जी ९५३० मा शारजाहबाट काठमाडौं आएका उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच ) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पिकरमा लुकाइराखेको अवस्थामा सुनसहित प्रहरी पक्राउ गरेको हो ।
नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस