Like us!
Follow us!
Connect us!
Watch us!

यी ५ लघुवित्तको सेयर किन्दा अझै पाउन सकिन्छ १५ प्रतिशतसम्म बाेनस सेयर ,कुनको कति ?

अर्थ संसार

शुक्रबार, २३ कार्तिक २०८१, ११ : ५४ मा प्रकाशित

यी ५ लघुवित्तको सेयर किन्दा अझै पाउन सकिन्छ १५ प्रतिशतसम्म बाेनस सेयर ,कुनको कति ?

सूचिकृत अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् भने कतिपय कम्पनीहरु प्रस्ताव गर्ने तयारीमा छन् ।

लाभांश प्रस्ताव गरेका विभिन्न कम्पनीहरुमध्ये ५ वटा लघुवित्त कम्पनीले लाभांश घोषणा गरेको भएपनि बुक क्लोजको समय भने तोकको छैनन् । कम्पनीहरुले लाभांश घोषणा गरिसकेपछि साधारणसभाअघि नै बुक क्लोजको मिति तय गर्छन् । त्यहीं बुक क्लोजको अघिल्लो दिनसम्म सेयर खरिद गर्दा लाभांश र साधारणसभामा भाग लिने हक रहन्छ ।  यसकारण उक्त ५ वटा लघुवित्तको सेयर किन्ने लगानीकर्ताले अझै पनि लाभांश पाउने अवसर छ ।

नेशनल लघुवित्त, सर्पोट, फरवार्ड माइक्रोफाइनान्स, आरएसडी र फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले बुक क्लोज गरेका छैनन् । यी कम्पनीहरुको शेयर खरिद गर्दा लाभांश अझै प्राप्त गर्न सकिने छ ।

यी पाँच कम्पनीमा नेशनल लघुवित्तले १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १४.२५ बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको दोस्रो बजारमा १४४२.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

सपोर्ट लघुवित्तले १३.७७ प्रतिशत बोनस सेयर र ०.७२५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार १८४३ रुपैयाँमा प्रतिकित्ता कारोबार भएको थियो । फरवार्ड माइक्रोफाइनान्स​ले १३.३ प्रतिशत बोनस र ०.७ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको प्रतिकित्ता १४९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आरएसडीसीले ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको पनि प्रतिकित्ता ७३८ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै फस्र्ट माइक्रोफाइनान्सले पनि ९ प्रतिशत बोनस र ०.४७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको ७७० रुपैयाँमा प्रतिकित्तामा कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको