Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा फर्कियो रौनकः परिसूचक ६२ अंकले बढ्दा पौने १० अर्बको कारोबार

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, १५ : १३ मा प्रकाशित

सेयर बजारमा फर्कियो रौनकः परिसूचक ६२ अंकले बढ्दा पौने १० अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६२.५४ अकंले बढेर २७३८.०६ बिन्दुमा बन्द भएको छ । आज बजारमा ९ अर्ब ७७ करोडको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सानिमा जिआइसीको कारोबार भएको छ । आज यस कम्पनीको ३८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था, सिर्जनशिल लघुवित्त वित्तीय संस्था र सुपरमादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । 

आज सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको