राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवल ल्याउने भएसँगै रास्वपाले भैरहवा केन्द्रित आन्दोलन थालेको छ ।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई विमानस्थलबाट भैरहवा ल्याइने भएसँगै रास्वपा समर्थकहरुले एयरपोर्टबाट प्रदर्शन सुरु गरेका हुन् भने त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको अनुसन्धानका क्रममा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको अनुसन्धानका लागि भैरहवा लगिएको हो ।
रविलाई विमानस्थलबाट जिल्ला प्रहरी कार्यालय लैजाने र त्यसपछि जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि लैजाने तालिका रहेको छ ।
लामिछानेलाई कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस