सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही लगिएको छ।
उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।
२६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई मंगलबार नै जहाजमार्फत् लामिछानेलाई मंगलबार भैरहवा पुर्याएर त्यहाँबाट बुटवल ल्याइएको हो।
लामिछानेलाई भैरहवा पुर्याउँदा विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए। लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेको थियो। कास्की अदालतबाट चार पटकसम्म म्याद लिई उनीमाथि अनुसन्धान भइरहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस