Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत काटिएका उद्योगमा लाइन जोडिदिने प्राधिकरणको निर्णय, १५ दिनभित्र बक्यौता उठाइने

अर्थ संसार

मंगलबार, २७ कार्तिक २०८१, १७ : १५ मा प्रकाशित

विद्युत काटिएका उद्योगमा लाइन जोडिदिने प्राधिकरणको निर्णय, १५ दिनभित्र बक्यौता उठाइने

नेपाल विद्युत प्राधिकरणको  मंगलबार बसेको सञ्चालक समितिको बैठकले उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो । ऊर्जा मन्त्रालयमा आज  बसेको बैठकले विद्युत काटिएका २८ वटा उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो ।

गत आइतबारको मन्त्रिपरिषद्को बैठकले काटिएको उद्योगमा लाइन जोड्ने र टाइम अफ डे (टीओडी) मिटरको आधारमा विद्युतको बक्यौता उठाउने निर्णय गरेको थियो  । मन्त्रिपरिषद्को बैठकले १५ दिनभित्र टाइम्स अफ डे (टिओडी) मिटरका आधारमा बक्यौता उठाइसक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि लाइन जोड्ने बिषयमा सोमबार ऊर्जा मन्त्री दीपक खड्काले प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका थिए । कोरम नपुगेपछि बैठक बस्न  नसकेपछी उनले लाल आयोग प्रतिवेदन सार्वजनीक गरेका थिए 

आज ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङसहित बसेको सञ्चालक समितिको बैठकले विद्युत काटिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो ।

नेपाल विद्युत प्राधिकरणले विद्युत काटिएको उद्योगमा लाइन जोड्ने निर्णय भएको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको