Like us!
Follow us!
Connect us!
Watch us!

कुलमान घिसिङले किन बोलाए आकस्मिक पत्रकार सम्मेलन ?

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, ११ : १८ मा प्रकाशित

कुलमान घिसिङले किन बोलाए आकस्मिक पत्रकार सम्मेलन ?

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन् ।

डेडिकेडेट तथा ट्रंक लाइनको विद्युत बक्यौता विवाद चुलिरहेको बेला उनले बुधबार (आज) दिउँसो २ बजे प्राधिकरण केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन बोलाएका हुन् । 

उनले आज पत्रकार सम्मेलन बोलाउनुको उद्देश्य भने खुलाइएको छैन ।

उद्योगीहरूसँग विद्युत् बक्यौता रकम उठाउने विषयमा विवाद सिर्जना भएपछि उनी बक्यौता नतिर्ने उद्योगको बिजुलीको लाइन काट्दै आएका छन्। सरकारले भने उद्योगहरूमा बिजुलीको लाइन नकाट्न निर्देशन दिँदै आएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोड्जे निर्णय गरेको थियो । त्यसपछि पनि लाइन नजोडेका कुलमानलाई प्राधिकरणको मंगलबार बसेको बोर्डको बैठकले उद्योगमा लाइन जोड्न निर्देशन दिइसकेको छ । प्राधिकरण बोर्डले मंगलबार सो निर्णय गरेको दोस्रो दिनमै उनले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको