Like us!
Follow us!
Connect us!
Watch us!

कुनै पनि हालतमा बक्यौता उठाएरै छोड्छु : कुलमान घिसिङ

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १५ : १९ मा प्रकाशित

कुनै पनि हालतमा बक्यौता उठाएरै छोड्छु : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुनै पनि हालतमा विद्युत बक्यौता उठाएरै छोड्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले सम्पूर्ण राजनीतिक दल र नागरिक समाज लगायत निकायबाट सहयोग पाएकाे बताउँदै जसरी पनि बक्यौता उठाएरै छाड्ने विश्वास व्यक्त गरेका छन्।

यस्तै, उनले राजस्व उठ्नुलाई राजनीति गरेको भनेर आरोप नलगाउन पनि अनुराेध गरेका छन् । उनले आफूले राजनीति नगरेको पनि प्रष्ट पारे ।

उनले भने ‘ कुनै पनि हालतमा कानुनअनुसार बक्यौता उठाउछु । विचलित हुनेछैन् । उच्च मनोबलका साथ अघि बढ्छु, धेरैले ट्रंक तथा डेडिकेटेड लाइनमा राजनीति गरेको, लोकप्रियताको आड लिएको लगायतका आरोप लगाउँदै आएका छन्, मेरो व्यक्तिगत स्वार्थ केही पनि छैन, मैले कानुनभित्र बसेर राजस्व  उठाउन मात्रै खोजेको हुँ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको