Like us!
Follow us!
Connect us!
Watch us!

पुरानै बिल अनुसार बक्यौता तिर्न प्राधिकरणले जारी गर्यो सूचना, मंसिर १२ गते अन्तिम डेट

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १८ : १५ मा प्रकाशित

पुरानै बिल अनुसार बक्यौता तिर्न प्राधिकरणले जारी गर्यो सूचना, मंसिर १२ गते अन्तिम डेट

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगलाई बक्यौता महसुल बुझाउन उद्योगीलाई नयाँ सूचना जारी गरेको छ । प्राधिकरणले मंसिर १२ गतेभित्र सबै उद्योगीलाई बक्यौता महसुल सम्बन्धित वितरण केन्द्रमा बुझाउन आग्रह गरेको हो ।

मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण संचालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको सूचनामा उल्लेख गरेको छ ।   

तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार हुने पनि प्राधिकरणकले स्मरण गराएको छ ।

यस्तो छ प्राधिकरणले जारी गरेको सुचना 

नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगहरूको बक्यौता महसुल असुली सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०६१ /०७ /२५ को बैठक र नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०८१ /०७ /२७ को ९८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको छ। सोही अनुरूप वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म TOD मिटरमा रेकर्ड भएको डिमान्ड तथा T1,T2, र T2, Time Interval मा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नु भएकै होला । अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन (अर्थात् २०६१ मङ्सिर १२ गते) भित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार भइजाने व्यहोरा समेत जानकारी गराइन्छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको