Like us!
Follow us!
Connect us!
Watch us!

‘नेताहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ’

अर्थ संसार

शुक्रबार, ३० कार्तिक २०८१, १० : १२ मा प्रकाशित

‘नेताहरूले  पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ’

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले गर्न लागेको काममा सरकारले असहयोग र अवरोध गरेको बताएका छन् ।

उनले शुक्रबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै नेताहरूले काममा असहयोग र अवरोध गरेर देश नै बेच्न लागिसकेको बताएका हुन् । मेयर बालेनले नेताहरूले देश नै बेच्न लागे भने पनि काठमाडौं महानगरपालिका भने बिक्री हुन नदिने बताएका छन् ।

उनले लेखेका छन्,‘नेताज्यूहरूले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन’, उनले लेखेका छन्, ‘तपाईँहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ ।’

मेयर साहले काठमाडौंको फोहोरको दीर्घकालीन समाधान सम्भव भएको बताएका छन् । अदालतले यसको अधिकार महानगरमै निहित रहेको आदेश दिएपछि फोहोर व्यवस्थापनमा रहेको अवरोध पाखा लागेको उनले बताएका हुन् । अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि भएकाले महानगर नरोकिने भन्दै फोहोरमा राजनीति गर्ने र साहले फोहोरमा राजनीति गर्ने दिन सकिएको भन्दै राजनीतिक दाउपेच छाडेर महानगरको कार्यमा सहयोगी बन्न आग्रह गरेका छन्।

‘सम्मानित अदालतले यो अधिकार काठमाडौं महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाडौंको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ। फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ’, उनले भनेका छन्, ‘अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन्। तर हामी रोकिने छैनौँ। फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुन: जानकारी गराउँछौँ। यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ।’

‘हामी स्पष्ट छौँ, काठमाडौंको फोहोरको दिगो समाधान सम्भव छ । यो काठमाडौंबासीको अधिकारको कुरा हो । हामीले फोहोर थुपारेर वर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पीडितहरूको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको विषय हो । हामी समस्या समाधानको बाटोमै छौँ । अवरोध अझै आउन सक्छन् तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडि बढ्नेछौँ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको