Like us!
Follow us!
Connect us!
Watch us!

ओली सरकारप्रति भारत र चीन दुवै खुसी छैनन्: अग्नि सापकोटा

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, १० : २२ मा प्रकाशित

ओली सरकारप्रति भारत र चीन दुवै खुसी छैनन्: अग्नि सापकोटा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष र माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस एमाले मिलेर बनेको केपी शर्मा ओली नेतृत्वको सरकारप्रति छिमेकी समेत खुसी नभएको बताएका छन् ।

माओवादी काभ्रे काठमाडौं सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै सापकोटाले अहिलेको सरकारले छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध राख्न नसकेको बताए ।

उनले भने, ‘दुइटा छिमेकीको बीचमा हाम्रो पार्टी नेतृत्वको सरकारले सन्तुलित सम्बन्ध कायम गरेको थियो । अहिले त्यो सन्तुलन बिग्रिएको छ । अहिलेको सरकारप्रति न उत्तर न त दक्षिण नै खुसी छ । सात समुन्द्र पारिका पनि धेरै खुसी छन् जस्तो लाग्दैन ।’

उपाध्यक्ष सापकोटाले अन्तर्राष्ट्रिय क्षेत्रमा माओवादीको इमेज धेरै माथि पुगेको जिकिर गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको