Like us!
Follow us!
Connect us!
Watch us!

एक वर्षमा नेपाल राष्ट्र बैंकको नाफा करिब ७४ अर्ब रुपैयाँ , सरकारले ३७ अर्ब पाउने

अर्थ संसार

सोमबार, ०३ मंसिर २०८१, ११ : ३५ मा प्रकाशित

एक वर्षमा नेपाल राष्ट्र बैंकको नाफा करिब ७४ अर्ब रुपैयाँ , सरकारले ३७ अर्ब पाउने

नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकको नाफा करिब २२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकको नाफा २१.९६ प्रतिशतले बढेको हो ।

बैंकले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार आव २०८०/८१ मा बैंकको खुद नाफा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार पुगेको छ।

बैंकले कमाएको खुद नाफाबाट ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार रुपैयाँ भने नेपाल सरकारलाई बुझाउने भएको छ।

बैंकको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरुकमा छुट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी रहेको ३७ अर्ब रकम नेपाल सरकारलाई बुझाउने निणर्य गरेको हो। यस्तै बैंकको सम्पत्ति तथा दायित्व पनि ३०.१५ प्रतिशतले बढेको छ। २०८० असार मसान्तको तुलनामा २०८१ असार मसान्तसम्म ३०.१५ प्रतिशतले बढेर २० खर्ब ६७ अर्ब २ करोड ४३ लाख रुपैयाँ पुगेको हो।  

त्यस्तै, राष्ट्र बैंकले ३७ अर्ब रुपैयाँभन्दा बढी रकम सरकारलाई दिने भएको छ । बैंकको खुद मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम ३७ अर्ब २२ करोड ३८ लाख २१ हजार नेपाल सरकारलाई उपलब्ध गराउने बैंकको सञ्चालक समितिको बैठकले निर्णय गरेको छ ।

त्यसैगर, आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड बराबरको विदेशी ऋणको लेखाङ्कन भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको