Like us!
Follow us!
Connect us!
Watch us!

दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल , मीनबहादुर गुरुङले गरे भूमिपूजा

अर्थ संसार

सोमबार, ०३ मंसिर २०८१, १५ : २६ मा प्रकाशित

दरबारमार्गमा  २५ तले अन्नपूर्ण स्क्वायर होटल , मीनबहादुर गुरुङले गरे भूमिपूजा

दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण सुरु भएको छ । भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा अन्नपूर्ण स्क्वायर निर्माण थालेका हुन् । उक्त स्थानमा पहिला होटल अन्नपूर्ण रहेको थियाे ।

सोमबार एक विशेष समारोहकाबीच भूमिपूजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए । 

‘भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको छ,’ उनले भने, ‘दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएका छौं । २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।’

२०८५ बैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ। अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ। जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठाको अपार्टमेन्ट हुनेछ। भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ।

कम्तिमा पनि ६ अर्ब रूपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ। 'सुन्दर नेपालको सुन्दरताको प्रतीक निर्माण गर्ने लक्ष्य राखेर काम अघि बढाएका छौँ,' भाटभटेनी सुपरमार्केटका अध्यक्षसमेत रहेका गुरूङले भने, '२०८५ बैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

'अहिले पुरानो संरचना भत्काइरहेका छौँ। नगरपालिकाले जति छिटो अनुमति दिन्छ हामीले त्यति नै छिटो निर्माण पनि थाल्नेछौँ' उनले भने। साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने उनले बताए।

होटल अलग्गै र आर्केड अलग्गै निर्माण हुनेछ। साढे तीन सय कोठासहितको होटल निर्माण हुन्छ। बैंक्वेट हल २५ सय, २ हजार र १५ सय क्षमताका तीनवटा हुनेछ। आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि गुरुङले बताए।

'नेपालमा पनि केही हुन सक्छ भन्ने सन्देश जाओस् भनेर निर्माण थालेका हौँ,' उनले भने, 'तीनवटा समूह मिलेर निर्माण थालेका हौँ। व्यवस्थापन आईटीसीको वेलकम ब्रान्डलाई दिएका छौँ। सबै व्यवस्थापन उहाँहरुले हेर्नुहुनेछ।' 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको