Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहितका व्यक्तिहरुलाई थप ५ दिन हिरासतमा राखिने

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, १४ : ५८ मा प्रकाशित

ललिता निवास प्रकरणः मीनबहादुर गुरुङसहितका व्यक्तिहरुलाई थप ५ दिन हिरासतमा राखिने

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को हिरासतमा रहेका आरोपीहरुलाई आज (शुक्रबार) जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उक्त प्रकरणमा बहालवाला सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार साहलगायतका व्यक्तिहरु प्रहरीको हिरासतमा रहेका छन् । हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको