सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४०.८७ कित्ता सेयर बिक्रीमा राखेको हो।
बैंकले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ तोकेको छ । यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक जो कोहीले आज (मंसिर ४ गते) देखि ७ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ ।
यसअघि बैंकका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले बैंकले यसपटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस