Like us!
Follow us!
Connect us!
Watch us!

ऋणको भारले थिचिदै नेपालः ४ महिनामा ८४ अर्बले बढ्यो सार्वजनिक ऋणको दायित्व

अर्थ संसार

बुधबार, ०५ मंसिर २०८१, ११ : ३१ मा प्रकाशित

ऋणको भारले थिचिदै नेपालः ४ महिनामा ८४ अर्बले बढ्यो सार्वजनिक ऋणको दायित्व

चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारको सार्वजनिक ऋण करिब ८४ अर्ब रुपैयाँले थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको चौमासिक अवधि अर्थात साउन देखि कात्तिकसम्ममा सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड रुपैयाँ थपिएको हो ।

१ साउनमा २४ खर्ब ३४ अर्ब १० करोड रहेको सार्वजनिक ऋण कात्तिक मसान्त आइपुग्दा ८३ अर्ब ९६ करोड बढेर २५ खर्ब १८ अर्ब ५  करोड पुगेको छ । सरकारले यस अवधिमा १ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ थप सार्वजनिक ऋण लिएको छ । यो अवधिमा सावाँ र ब्याजमा मात्र १ खर्ब ८ अर्ब १४ करोड खर्च गरेको छ । चार महिनामा विनिमय दरमा आएको परिवर्तनका कारण ४ अर्ब ५६ करोड रुपैयाँ बराबर वैदेशिक ऋणको दायित्व थप भएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कात्तिकसम्म नेपाल सरकारको तिर्न बाँकी ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ रहेको छ । यो रकम असोज मसान्तसम्मको तिर्न बाँकी ऋणको तुलनामा ४ अर्ब ९८ करोड कम हो ।

असोज मसान्तसम्म सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ रहेको थियो । कात्तिक मसान्तसम्म सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको आधारमा ४४.१४ प्रतिशत सार्वजनिक ऋण पुगेको छ । आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । पहिलो चौमासिकसम्म आइपुग्दा खुद सार्वजनिक ऋण ८३ अर्ब ९५ करोड थप भएर २५ खर्ब १८ अर्ब ५ करोड पुगेको हो ।

कार्यालयको तथ्यांक अनुसार कात्तिक मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ५२ अर्ब १६ करोड र वाह्य ऋण १२ खर्ब ६५ अर्ब ८९ करोड रहेको छ । यसअवधिसम्म सरकारले १ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ ऋण लिएको छ । ८६ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको छ । विनिमय दरमा आएको परिवर्तनका कारण चार महिनामा ४ अर्ब ५६ करोड रुपैयाँ ऋण घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको