 
                            बाराको रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहा हत्याका मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
आदर्शकोतवाल गाउँपालिका-२ घर भएका ४१ वर्षीय सुरेन्द्रप्रसाद कुशवाहालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो । सुरेन्द्र नेपाली सेनाका भगौडा रहेको डीएसपी प्रकाश सापकोटाले बताए ।
हत्या भएपछि कुसवाहालाई पक्राउ गर्न प्रहरीले पछ्याउँदै आएको थियो । आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया निवासी ४१ वर्षीय हरिभूषणलाई घरबाट कलैया जाने क्रममा २०८१ जेठ ३२ गते साँझ ५:३० बजे बतरा गाउँको बाटोमा गोली हानी हत्या गरिएको थियो ।क्याम्पस प्रमुखको हत्यामा सुरेन्द्रले १७ जनालाई प्रयोग गरेको प्रहरीको भनाइ छ ।
तत्कालै पक्राउ परेका चन्द्रमणिप्रसाद कुशवाहा, चाँदशी प्रसाद कुशवाहा, सुमेदकुमार कुशवाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवण कुमार साह, हरिन्दर महरा चमार, ब्रह्मदेव राम, मोतीलाल चौधरीमध्ये राधेश र विनोद धरौटीमा छुटेको बाँकी पुर्पक्षको लागि थुनामा गइसकेका छन् ।
क्याम्पस प्रमुख हरिभुषणले मृत्युअघि सुरेन्द्रको नाम लिएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस