नेशनल लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात् मंसिर १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
लघुवित्तले मंसिर २४ गते, अरनिको पार्टी प्यालेस, बनेपा नगरपालिका वडा नं. ५, भिमसेनमार्ग, काभ्रेपलाञ्चोकमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, सभाले ७ लाख ६५ हजार ३७७.६४ कित्ता एफपीओ निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस