Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएलमा ‘सुदूरपश्चिम अन फायर’, विराटनगरलाई दियो १८३ रनको लक्ष्य

अर्थ संसार

मंगलबार, १८ मंसिर २०८१, १० : ५८ मा प्रकाशित

एनपिएलमा ‘सुदूरपश्चिम अन फायर’, विराटनगरलाई दियो १८३ रनको लक्ष्य

कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा एनपीएलमा विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले विष्फोटक इनिङ खेल्दा बिराटनगरले १८३ रनको उच्च लक्ष्य पाएको हो।

जारी प्रतियोगिताकै उच्च स्कोर बनाउने क्रममा कप्तान ऐरीले उत्कृष्ट र विष्फोटक इनिङ खेल्ने क्रममा २४ बलमा ५७ रनको अर्धशतकीय इनिङ खेले।  उनले आफ्नो इनिङमा ५ छक्का र ३ चौका प्रहार गरेका थिए। उनी बाहेक ब्रान्डन म्याकमुलनले ३६ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा विनोद भण्डारीको २३ रन रह्यो।

त्यस्तै साइफ जाइबले १४ रन बनाउँदा इशान पान्डेले २१ रन बनाए। त्यस्तै स्कट कुगेलिङले १० रन बनाउँदा आरिफ शेख ९ रनमा आउट भएका थिए।

विराटनगरका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिंदा क्रिश सोले, इस्मात अलाम र बसिर अहमदले समान १-१ विकेट लिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको