Like us!
Follow us!
Connect us!
Watch us!

चितवनको लगातार दोस्रो जित, पोखरा ८७ रनले पराजित

अर्थ संसार

मंगलबार, १८ मंसिर २०८१, १६ : ०४ मा प्रकाशित

चितवनको लगातार दोस्रो जित, पोखरा ८७ रनले पराजित

चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । 

चितवनले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखराले फितलो जवाफी ब्याटिङ गर्‍यो । खेल ३.२ ओभर पुग्दासम्म नै पोखराले ६ विकेट गुमायो । पहिलो ओभरको पहिलो बलमै कप्तान कुशल आउट भएसँगै धर्मराएको पोखराको ब्याटिङ ३.२ ओभरसम्म सम्हालिन सकेन ।

कुशल आउट भएलगत्तै पहिलो ओभरको नै पाँचौं बलमा दिलिप नाथ ४ रनमा र अन्तिम बलमा बास डी लिडे पनि गोल्डन डकआउट भए । सो ओभरको सबै विकेट चितवनका सोहेल तानबिरले लिएका हुन् । चौथो ओभरमा पनि पोखराले थप ३ विकेट गुमायो । ३.१ ओभरमा दिनेश खरेल १ रनमा एलबीडब्लु आउट भए । ३.४ ओभरमा किरण थगुन्ना पनि एलबीडब्लु आउट भए । ३.६ ओभरमा माइकल लिस्क पनि शून्यमा नै आउट भए । तीनै विकेट रिजन ढकालले लिए ।

चौथो ओभर सकिँदा  पोखराले ६ विकेट गुमाएर मात्र ७ रन बनाउन सक्यो ।यसपश्चात पोखरा केही सम्हालिन खोजे पनि ६.२ ओभरमा लुक बेन्केन्स्टिनले चितवनका लागि सातौं विकेट लिइँदै रेमन रेफरलाई १ रनमा आउट गरे ।

त्यसपछि क्रिजमा आएका मार्कस क्रिचले १७ र नारायण जोशी ३० रन जोडेर आउट भए । टोलीमा १३.२ ओभरमा ७४ रन बनाउँदै अलआउट भयो । यसअघि चितवनले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १६१ रन बनाएको थियो । चितवनका लागि रवि बोपराले अर्धशतक प्रहार गरेका थिए । उनले ३८ बलमा ३ चौका र ३ छक्क प्रहार गरे । कप्तान कुशल मल्लले ३८, लुक बेन्केनस्टाइनले १६ र हसन इसाखिलले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

पोखराका लागि बिपिन खत्री र बास डी लिडेले २–२ तथा सागर ढकाल र रेमन रेफरले १–१ विकेट लिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको