Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीको ऐतिहासिक चीन यात्रा समाप्त:आज स्वदेश फर्कदै

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, ०७ : २९ मा प्रकाशित

प्रधानमन्त्री ओलीको ऐतिहासिक चीन यात्रा समाप्त:आज स्वदेश फर्कदै

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् । 

चीनिया प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने भ्रमणमा बेइजिङ पुगेका प्रधानमन्त्री ओली आफ्नो भ्रमण सकेर आज स्वदेश फर्कन लागेका हुन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले चिनिया समकक्षी लि छयाङ, राष्ट्रपति सि जिनपिङसहित चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस् (संसद) अध्यक्ष चाओ ल चीसँग उच्चस्तरीय भेटघाट तथा बार्ता गरेका थिए ।

गत सोमवार बेइजिङ पुगेका प्रधानमन्त्री ओलीलाई चिनियाँ कम्युनिष्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो चार दिने भ्रमणको क्रममा बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरुको स्मारकमा पुष्पहार अर्पण गर्न पनि पुगे । 

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओली र चिनिया समकक्षी छ्याङको उपस्थितिमा नेपाल र चीन बिचमा ९ बुदेँ समझदारी तथा सहमति पत्रमा हस्ताक्षर भएको थियो भने त्यसपछि राष्ट्रपति सि जिनपिङसँग भेटबार्ता भएको थियो, जहाँ राष्ट्रपछि जिनपिङले नेपाललाइ ९ अर्ब रूपैया अनुदान सहयोग गर्ने घोषणा गरेका थिए । साेही साँझ नेपाल र चीन बिच भ्रमणकाे द्दिपक्षीय बक्तब्य जारी गरिएकाे थियाे ।  

भ्रमणको तेस्रो दिन बिहान प्रधानमन्त्री ओलीले पेकिङ बिश्वबिधालयमा आफ्नो मन्तब्य राखेका थिए भने दिउँसो नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको थियो । जुन फ्रेमवर्क सम्झौतामा नेपालकातर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनकातर्फबाट नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली आफनो चार दिने भ्रमण सकाएर बिहान ९ बजे नेपालका लागि प्रस्थान गर्नेछन भने उनी अपरान्ह २ बजे त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उत्रने छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको