Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तले एफपीओ ल्याउने तयारीमा

अर्थ संसार

शुक्रबार, २१ मंसिर २०८१, ११ : ०० मा प्रकाशित

विजय लघुवित्तले एफपीओ ल्याउने तयारीमा

विजय लघुवित्त वित्तीय संस्थाले आगामी दिनमा एफपीओ जारी गर्ने तयारी गरिरहेको छ। यसका लागि संस्थाले नेपाल धितोपत्र बोर्डमा अनुमति माग्दै निवेदन पेश गरेको छ।

धितोपत्र बोर्डले स्वीकृति दिएमा संस्थाले कुल ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। यसअन्तर्गत, १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गरिनेछ।

एफपीओको बिक्री प्रबन्धकको जिम्मा एनएमबि क्यापिटलले लिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको