Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा मिडल तमोर र मकर जितुमाया सुरी हाइड्रोपावरको साधारणसभा आव्हान, सेयरधनीलाई छैन लाभांश

अर्थ संसार

शुक्रबार, २१ मंसिर २०८१, १७ : १९ मा प्रकाशित

सानिमा मिडल तमोर र मकर जितुमाया सुरी हाइड्रोपावरको साधारणसभा आव्हान, सेयरधनीलाई छैन लाभांश

मकर जितुमाया सुरी र सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्ताव नगरी साधारण सभा बोलाएका छन् ।

सानिमा मिडल तमोर हाइड्रोपावर

सानिमाले पुस २३ गते साधारण सभा बोलाएको छ। सभा हुने स्थान भने सूचनामा उल्लेख गरिएको छैन । 

सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस ११ गते बुक क्लोज गर्ने भएकाले पुस १० गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

सभामा समान उद्देश्य भएका अन्य कुनै कम्पनीसँग मर्जर–एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुनेछ ।

मकर जितुमाया सुरी

मकर जितुमाया सुरीले पनि लाभांश प्रस्ताव नगरी पुस २१ गते साधारण सभा बोलाएको छ ।

सभा सूर्य इभेन्ट, काठमाडौं-४, धुम्बाराहीमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस ५ गते बुक क्लोज गर्ने भएकाले पुस ४ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । 

सभामा कम्पनीहरुको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको