Like us!
Follow us!
Connect us!
Watch us!

गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदनको ओइरो,कति जनाले भरे ?

अर्थ संसार

सोमबार, २४ मंसिर २०८१, १५ : ५६ मा प्रकाशित

गार्डियन माइक्रो लाइफको आइपीओमा आवेदनको ओइरो,कति जनाले भरे ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा ८.२४ गुणा बढी आवेदन परिसकेको छ । 

सीडीएसका अनुसार आज बिहान १० बजेसम्म ३३ हजार ८०२ जनाले १८ लाख ५५ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन्।

कम्पनीले पहिलो चरणमा अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि निष्कासन गरेको हो । यो सेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ ।  

कम्पनीले ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १८ लाख ४५ हजार ००० कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

 वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले पुस ३ गतेसम्म आवेदन दिनु पर्नेछ । आवेदन दिने न्यूनतम कित्ता १० र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको