नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ ।
नेप्सेमा बिहिबार कम्पनीको ७५ लाख कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैया ३४ पैसा देखि अधिकतम ३०१ रुपैंया ०२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।
कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी समेत) २२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरेर कुल ७५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।
कुनै पनि कम्पनीको साधारण सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले अब यो कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस